एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढ्यो, कांग्रेससँग पनि कुरा हुँदैछ : दाहाल
nagariknews.nagariknetwork.com · Tue Jul 21 15:43:05 GMT 2026

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबिच सहकार्यको वातावरण बनेको बताएका छन्।
जनकपुरधाम विमानस्थलमा मंगलबार साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा (एमाले) सँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उल्लेख गरेका हुन्। तीन दलबिचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको बताउँदै संयोजक दाहालले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)