धर्नामा बसेकी विनु यादव र महिलामन्त्री वादीबीच भेटवार्ता
shilapatra.com · Tue Jul 21 16:08:22 GMT 2026

सिंहदरबारको मूल प्रवेशद्वारमा धर्नामा बसेकी विनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भेटवार्ता गरेकी छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा यादवले आफूले उठाउँदै आएका माग, न्याय प्राप्तिसम्बन्धी सरोकार, स्वास्थ्य उपचार, जीविकोपार्जन तथा आफ्ना मुद्दासँग सम्बन्धित विषयहरू मन्त्रीसमक्ष राखिन् ।
उनले सम्बन्धित निकायबाट निष्पक्ष, प्रभावकारी तथा कानुनबमोजिम आवश्यक प्रक्रियाअघि बढाइदिन आग्रह गरेको मन्त्री वादीको सचिवालयले जनाएको छ । जवाफमा मन्त्री वादीले यादवका माग तथा सरोकारप्रति मन्त्रालय गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै मन्त्रालयको कार्य क्षेत्रभित्र पर्ने विषयमा आवश्यक पहल, समन्वय तथा सहजीकरण गरिने विश्वास दिलाइन् ।
Read full story at source (shilapatra.com)