आरेनको कटाक्ष- प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रवादी भए रेकर्डबाट नहटाइयोस्
nepalpress.com · Sun Jun 28 06:23:53 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधको लागि विरोध नगरेको बताएका छन्। प्रतिनिध सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रको हितमा भए रेकर्डबाट नहटाइयोस् भन्दै कटाक्ष गरे।
उनले भने, ‘हामीले विरोधको लागि विरोध गरेका होइनौं। प्रधानमन्त्रीज्यूले दिनुभएको राष्ट्रघाती अभिव्यक्ति रेकर्डबाट हटाइयोस् भनेर लामो समयदेखि हामीले माग गरिरहेका छौँ । अझै पनि त्यो यहाँ सुनुवाइ भएको छैन । त्यसो भए उहाँको अभिव्यक्ति राष्ट्रवादी थियो भने रेकर्डबाट नहटाइयोस् । तर, यदि यो राष्ट्रको हित विपरीत छ, राष्ट्रघाती अभिव्यक्ति दिनुभएको हो भने यो रेकर्डबाट तुरुन्त हटाइयोस् ।’
Read full story at source (nepalpress.com)