सांसद ज्ञानेन्द्र शाहीको प्रश्न : राज्यले चाँहि अपराध गर्यो भने जरिवाना तिर्ने कि नतिर्ने ?
annapurnapost.com · Sun Jun 28 06:34:11 GMT 2026

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सवारी नियम उल्लंघन गर्नेलाई मात्रै नभई पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कानूनी दायरामा ल्याउनु पर्ने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा नेता शाहीले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कडा कानुनी सजाय गर्ने भन्ने चर्चा सुनिएको भन्दै सडक पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कडा कानूनी दायरामा ल्याउनु पर्ने बताएका हुन् । नागरिकले ट्राफिक नियम उल्लंघन गर्दा एक लाख रुपैयाँसम्म जरिवाना तिर्न सक्छन् भने राज्य पनि जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
Read full story at source (annapurnapost.com)