गुरुङ समुदायमा मनाइयो ट्होटेँ
ratopati.com · Tue Aug 12 17:43:00 GMT 2025

गण्डकी। साउन महिनाको अन्तिम मङ्गलबार अर्थात् गुरुङ समुदायको मौलिक पर्व ट्होटेँ मनाउने दिन । बर्सेनि साउन र चैतको अन्तिम मङ्गलबार गण्डकी प्रदेशका गुरुङ बाहुल्य बस्तीमा यस पर्वलाई उल्लासपूर्वक मनाउने गरिन्छ । परापूर्वकालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरूप ट्होटेँ पर्वको सुरुआत भएको मानिन्छ ।
गुरुङ सभ्यतासँग जोडिएको ट्होटेँ पर्व एक हजार ५०० सय वर्षदेखि अस्तित्वमा रहेको तमु धिँ नेपालका केन्द्रीय सदस्य एवं भाषा तथा संस्कृति विभागका प्रमुख कृष्णकुमार गुरुङले बताए । आदिमकालमा गुरुङहरू गुफा, गोठहुँदै बस्ती विकासको सभ्यतामा आएपछि यो पर्वको सुरुआत भएको उनको भनाइ छ । “बस्ती विकास हुँदै तमु राज्य स्थापनाको बेलामा आइपुग्दा ट्होटेँ पर्वले अझ व्यापकता पाउँदै गयो”, प्रमुख गुरुङले भने, “ट्होटेँ गुरुङ बस्ती र राज्यमा दुःख दिने शत्रुवैरीलाई धपाउनका लागि तन्त्रमन्त्र गरेर मनाइने पर्व हो, यो गुरुङहरूको सभ्यता, संस्कृति र पहिचानसँग जोडिएको मौलिक पर्व हो ।”
Read full story at source (ratopati.com)