सुस्तामा बाढीको जोखिम टरेपछि घर फर्किँदै स्थानीय
ratopati.com · Thu Aug 27 05:57:00 GMT 2026

बुटवल । तिब्बतबाट हिमाली जिल्ला रसुवा हुँदै आएको बाढीका कारण नारायणी नदीमा पानीको सतह बढेपछि जोखिममा परेको पश्चिम नवलपरासीको सुस्ता क्षेत्रका स्थानीय बिस्तारै घर फर्किन थालेका छन् ।
बाढीको जोखिम बढेपछि बुधबार साँझ सुस्ता गाउँपालिका–५ का बासिन्दालाई बीपी माध्यमिक विद्यालयमा राखिएको थियो । करिब ४ सयभन्दा बढी स्थानीयलाई विद्यालयमा राखेर खानासमेत खुवाइएको थियो ।
Read full story at source (ratopati.com)