नेकपाबाट कर्णालीमा ३ जना महिला मन्त्री नियुक्त
rajdhanidaily.com · Thu Aug 27 05:59:03 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीबाट ३ जना महिला मन्त्री नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा मिलन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कल्याणी खड्का र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जुम्कित लामा नियुक्त भएका हुन् ।
यी ३ वटै समानुपातिक कोटाबाट सांसद बनेका हुन् । यसअघि भौतिकमा विन्दमान विष्टको नाम समावेश गरिए पनि अन्तिममा हटाइएको छ । साबिक समाजवादीका कल्याणी खड्कालाई समावेश गरिएको छ ।
Read full story at source (rajdhanidaily.com)