सीमाको तस्करीबारे बुझ्न गृहमन्त्रीको 'सर्प्राइज भिजिट', के भेटे अवस्था ?
corporatenepal.com · Sun Jun 28 06:42:14 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भारतसँग जोडिएका बारा र पर्साका प्रमुख सीमा नाकामा आकस्मिक अनुगमन गर्दै तस्करी नियन्त्रणको वास्तविक अवस्था बुझेका छन् । कुनै औपचारिक कार्यक्रमविना शुक्रबार साँझ मधेश पुगेका मन्त्री गुरुङको भ्रमणबारे स्थानीय प्रशासन र सुरक्षा निकायसमेत अनभिज्ञ रहेको स्रोतले जनाएको छ।
शनिबार उनी सीमरा विमानस्थलबाट काठमाडौं फर्किने जानकारी पाएपछि बारा र पर्साका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू विमानस्थल पुगेका थिए । बारामा कार्यरत एक प्रहरी अधिकृतका अनुसार गृहमन्त्री अनौपचारिकरूपमा सीमा क्षेत्रको वस्तुस्थिति बुझ्न पुगेका थिए र फर्किने क्रममा मात्रै सुरक्षा अधिकारीहरूसँग भेट भएको थियो।
Read full story at source (corporatenepal.com)