तीजको लयमा गणेश–यशोदाको सांगीतिक जोडी : दुई नयाँ गीत सार्वजनिक
saralpatrika.com · Thu Aug 27 11:36:21 GMT 2026

काठमाडौं। तीज नजिकिँदै गर्दा नेपाली संगीतको माहोल पनि तीजकै लयमा रंगिन थालेको छ। यही क्रममा नेपाल चलचित्र विकास बोर्डको सभाकक्षमा दुई नयाँ तीज गीतको भिडियो प्रिमियरसहित सार्वजनिक गरिएको छ।
सर्जक ज्ञानेन्द्र गदाल र टीका भट्टराई नेपालद्वारा रचित यी दुई तीज गीतमा लोकप्रिय गायिका यशोदा पराजुलीको मूल स्वर छ भने झुमा निरौला र सरिता शाहीले सहगायन गरेका छन्। दुवै गीतमा संगीत गणेश पराजुलीको छ। बलराम समालले संगीत संयोजन गरेका गीतका भिडियोको निर्देशन समन अधिकारीको हो।
Read full story at source (saralpatrika.com)