अर्थमन्त्रीले संसदमा प्रस्तुत गरे सम्पत्ति शुद्धिकरण संशोधन विधेयक
annapurnapost.com · Sun Jun 28 07:00:11 GMT 2026

काठमाडौं : सरकारले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेश्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा प्रस्तुत गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक संसदमा प्रस्तुत गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धिकरणको बिषयमा गरिने अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानूनमा तत्काल संशोधन गर्न आवश्यक भएकाले संसदको अधिवेशन नचलेको अवस्थामा सरकारले अध्यायादेश जारी गरेकोमा अहिले प्रतिस्थापन विधेयक पेश गरेको जानकारी दिए।
Read full story at source (annapurnapost.com)