बिजुलीको बिलमा रहेको कर हटाउने बेलायती प्रधानमन्त्रीको घोषणा
baahrakhari.com · Wed Jul 22 00:36:00 GMT 2026

काठमाडौं । बेलायतमा सत्ता परिवर्तनपछि नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले मंगलबार पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले निवर्तमान प्रधानमन्त्री कियर स्टार्मरको टोलीलाई हटाउँदै जोन हिलीलाई अर्थमन्त्री र एड मिलिब्यान्डलाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् ।
५६ वर्षीय बर्नहमले पद सम्हाल्नासाथ अन्तर्राष्ट्रियस्तरमा पनि कूटनीतिक छलफल सुरु गरेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोनमा कुराकानी गरेका छन् । ट्रम्पले उक्त कुराकानीपछि व्यापार र सैन्य सहकार्यबारे छलफल भएको बताएका छन् ।
Read full story at source (baahrakhari.com)