बझाङ केन्द्रविन्दु भएर भूकम्प गयो, बैतडीसम्म महसुस
nepalviews.com · Wed Jul 22 00:43:20 GMT 2026

बैतडी । बझाङ जिल्लाको कोट्देवल केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४:४० बजेको समयमा बझाङको कोट्देवल आसपास केन्द्रबिन्दु बनाई उक्त भूकम्प गएको हो।
भूकम्प मापन केन्द्रले यसको तीव्रता ४.२ म्याग्निच्युड मापन गरिएको जनाएको छ। उक्त भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्ला बैतडीका विभिन्न भागमा समेत महसुस गरिएको थियो। बिहान अचानक भूकम्पको धक्का महसुस भएपछि स्थानीय केही समय त्रसित बनेका थिए।
Read full story at source (nepalviews.com)