भैरहवा विमानस्थलको जग्गा खरिदमा अनियमितताको आरोप, पूर्वमन्त्री प्रेम आलेले उठाए छानबिनको माग
barnanmedia.com · Sun Jun 28 07:01:44 GMT 2026

काठमाडौं। पूर्वमन्त्री प्रेम आलेले भैरहवा विमानस्थलका लागि गरिएको जग्गा खरिद प्रक्रियामा ठूलो आर्थिक अनियमितता भएको आरोप लगाएका छन्।
सार्वजनिक अभिव्यक्तिमा उनले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको कार्यकालमा विमानस्थलका नाममा विनियोजन गरिएको करिब २३ अर्ब रुपैयाँको खर्च प्रक्रियामाथि प्रश्न उठाएका छन्। आलेका अनुसार केही व्यक्तिहरूले खोला क्षेत्रको ४५२ बिघा जग्गा कम मूल्यमा खरिद गरेर पछि उच्च मूल्यमा सम्बन्धित निकायलाई बिक्री गरेको दाबी गरेका छन्।
Read full story at source (barnanmedia.com)