इरान युद्धमा अमेरिकाको खर्च ३७.५ अर्ब डलर पुग्यो
annapurnapost.com · Wed Jul 22 01:04:48 GMT 2026

वालिङ्टन डीसी : इरानसँगको युद्धका लागि अमेरिकाको खर्च हालसम्म करिब ३७.५ अर्ब अमेरिकी डलर (करिब २८ अर्ब पाउन्ड) पुगेको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले मङ्गलबार सेनेट विनियोजन समितिमा उपस्थित हुँदै गत मे महिनामा गरिएको अनुमानभन्दा युद्धको खर्च झन्डै ८ अर्ब डलरले बढेको जानकारी दिएका हुन्।
अमेरिका र इरानबीच पुनः सैन्य द्वन्द्व चर्किएपछि पहिलोपटक संसदीय सुनुवाइमा पुगेका रक्षामन्त्री हेगसेथले कंग्रेस संसदले तत्काल थप बजेट स्वीकृत नगरे अमेरिकी सेनाको तालिम कार्यक्रमहरू कटौती गर्नुपर्ने स्थिति आउने चेतावनी दिएका छन् । उनले पेन्टागनका लागि ८७ अर्ब डलरको थप बजेट माग गरेका छन्, जसमध्ये ६७ अर्ब डलर मध्यपूर्वमा सञ्चालित सैन्य कारबाहीका लागि छुट्याइने बताइएको छ।
Read full story at source (annapurnapost.com)