अण्डाको मूल्य बढ्यो, तर किसानको हातमा पुग्दैन
nepalviews.com · Wed Jul 22 01:44:08 GMT 2026

चितवन । बर्डफ्लुको महामारीका कारण थलिएको कुखुरापालन व्यवसायले केही राहतको सास फेर्न थालेको छ। बजारमा अण्डाको माग बढेसँगै घटेको मूल्य केही बढेको छ, तर विडम्बना मूल्य बढेर पनि किसानहरूको अनुहारमा खुसी छाउन सकेको छैन। किनकि अहिले निर्धारण गरिएको मूल्यले उनीहरूको लागत खर्च समेत उठाउन सकिरहेको छैन।
नेपाल लेयर्स कुखुरापालक सङ्घले दिएको जानकारीअनुसार आजबाट लागू हुने गरी अण्डाको मूल्यमा प्रतिक्रेट ५० रुपैयाँले वृद्धि गरिएको छ। नयाँ मूल्यअनुसार अब ठूलो अण्डा प्रतिक्रेट ५०० रुपैयाँ, मध्यम अण्डा ४७० रुपैयाँ र सानो अण्डा ४१५ रुपैयाँ पुगेको छ। जेठको अन्तिमतिर एक क्रेट अण्डा ५५० रुपैयाँसम्म बिक्री भए पनि बर्डफ्लुको प्रकोपपछि घटेर ४५० रुपैयाँमा झरेको थियो।
Read full story at source (nepalviews.com)