ड्रोनबाट खेती, उत्पादन बढाउने र लागत घटाउने तयारी
aarthiknews.com

एजेन्सी। भारतको छत्तीसगढ राज्यको बलौदा बजार जिल्लामा कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले सहकारी संस्थामार्फत ड्रोन स्प्रेयर सेवा सञ्चालनमा ल्याइएको छ। नयाँ सेवाबाट किसानले कम समय, कम लागत र बढी प्रभावकारी रूपमा मल तथा विषादी छर्कन सक्ने अपेक्षा गरिएको छ।
राजस्व मन्त्री टंकराम वर्माले कृषि उपज मण्डी परिसरमा आयोजित कार्यक्रममा पूजा–अर्चनासहित सेवाको शुभारम्भ गर्दै ड्रोनमार्फत मल र कीटनाशक छर्ने प्रदर्शन गरेका थिए। प्रशिक्षित ड्रोन पाइलटहरूले किसानमाझ प्रत्यक्ष प्रदर्शन गरेका थिए।
Read full story at source (aarthiknews.com)