सुतिरहेको ठाउँमा पहिरो खस्दा दोलखामा एक किसान बेपत्ता
himalpress.com · Wed Jul 22 02:13:03 GMT 2026

काठमाडौँ – सुतिरहेको ठाउँमा पहिरो खस्दा दोलखामा एक किसान बेपत्ता भएका छन्। गएराति गौरीशंकर गाउँपालिका–९ मा पहिरो जाँदा स्थानीय ७३ वर्षीय तसमान तामाङ बेपत्ता भएका छन्।
बुधबार बिहान करिब अढाई बजे सिर्पिङ खोला जलविद्युत् आयोजनाको ड्याम नजिकै पहिरोले बाख्राको गोठ बगाउँदा तामाङ बेपत्ता भएका प्रहरीले जनाएको छ। आयोजनाका कर्मचारी बस्ने घरसमेत पहिरोले पूर्ण रूपमा क्षति भएको छ।
Read full story at source (himalpress.com)