गङ्गामाई पानी देऊ भन्दै पशुपतिमा आर्यघाटकी गङ्गामाईको रथयात्रा [तस्बिरहरू
hamrakura.com · Wed Jul 22 00:00:00 GMT 2026
काठमाडौँ । पशुपति क्षेत्रमा मंगलबार ऐतिहासिक गङ्गामाई जात्रा श्रद्धापूर्वक मनाइएको छ। वर्षा र समृद्धिको कामना गर्दै “गङ्गामाई पानी देऊ” भन्ने धार्मिक विश्वाससहित आर्यघाटकी गङ्गामाईको रथयात्रा निकालिएको हो ।
परम्पराअनुसार पशुपतिनाथको शिरमा विराजमान गङ्गामाईको मूर्तिलाई विशेष पूजा गरी आर्यघाटस्थित गङ्गा मन्दिरमा महास्नान गराइयो। त्यसपछि ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप झल्किने तीनतले प्यागोडा शैलीको रथमा राखेर सांस्कृतिक बाजागाजासहित यात्रा गराइएको थियो।
Read full story at source (hamrakura.com)