हप्ताको दुई घण्टा समाजका लागि
onlinekhabar.com · Wed Jul 22 02:50:15 GMT 2026

६ साउन, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–९ मा शनिबार बिहानै गाउँका युवा हातमा कोदालो, बेल्चा र हँसिया लिएर घरबाट निस्किन्छन् । उनीहरू कतै रोजगारीमा जाने हतारमा हुँदैनन्, न त कुनै निर्माण कम्पनीका मजदुर हुन् । उनीहरूको गन्तव्य हो- आफ्नै गाउँका सडक, पँधेरो, चौतारो, पार्क लगायतका सार्वजनिक स्थल ।
गल्याङ–९ का युवाहरुले केही महिनायता एउटा सानो तर अर्थपूर्ण अभ्यास सुरु गरेका छन् । उनीहरूले हरेक हप्ता केवल दुई घण्टा समय गाउँका लागि छुट्याउने गरेका छन् । यही दुई घण्टाको श्रमले वर्षायामले बिगारेका सडक मर्मत हुन्छन्, थुनिएका नाली खुल्छन्, सडकछेउका झाडी फाँडिन्छन् र गाउँ सफा बन्छ ।
Read full story at source (onlinekhabar.com)