उद्धारसँगै अन्तर्राष्ट्रिय सहयोग जुटाउने काम पनि सरकारले थालिसक्यो : अर्थमन्त्री
nepalpress.com · Thu Aug 27 05:55:20 GMT 2026

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले उद्धार कार्यलाई तीव्रता दिएको बताएका छन्। सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिले २२ वटा हेलिकप्टरले खोज तथा उद्धारको कार्य गरिरहेको बताए। उनले भूगोल र मौसमले साथ दिएसम्म उद्धारका गतिविधि हुने बताए।
उनले भने, ‘उद्धार र राहतको चरणपछि प्रारम्भिक पुनरुत्थानको चरण आउँछ। त्यसपछि अलि दीर्घकालीन, मध्यकालीन रूपमा चाहिँ हामीले पुनर्निर्माणकै विषयहरूलाई पनि छुनुपर्ने हुन्छ।’
Read full story at source (nepalpress.com)