दोलखामा बाढीमा परेर एक जना बेपत्ता
kendrabindu.com · Wed Jul 22 03:04:54 GMT 2026

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका-९ सिप्रिङ खोलामा आएको बाढीमा परेर एक जना बेपत्ता भएका छन् । बाढी आएपछि भागेका ४ जना भीरमा फसेका छन् ।
मंगलबार राति सिप्रिङ खोला जलविद्युत्को बाँधस्थल मुलखर्कमा आएको बाढीमा परेर चस्मान तामाङ बेपत्ता भएको गौरीशंकर–९ का अध्यक्ष निमगेली शर्पाले बताए । गोठ लिएर मुलखर्क पुगेका तामाङलाई गोडसहित बाढीले बगाएको उनले बताए । उनका अनुसार बाढी आएपछि भागेर ओडारमा बसेका सिप्रिङ खोला हाईड्रोपावरका ४ जना कर्मचारी भीरमा फसेका छन् ।
Read full story at source (kendrabindu.com)