काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
ratopati.com · Wed Jul 22 03:14:40 GMT 2026

काठमाडौँ । आन्तरिक आय सङ्कलनतर्फ काठमाडौँ महानगरपालिकाको प्रवृत्ति विगत ६ वर्षमा उत्साहजनक देखिएको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८२/०८३ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा राजस्व सङ्कलनको दायरा र परिमाण दुवैमा विस्तार भएको देखिएको हो ।
काठमाडौँ महानगरपालिकाको राजस्व विभागले, आर्थिक ऐन २०८३ का बारेमा वडा सचिव र लेखामा काम गर्ने कर्मचारीका लागि आयोजना गरेको अभिमुखीकरणमा विभागका प्रमुख दीपक अधिकारीले तुलनात्मक विवरण प्रस्तुत गरे। अभिमुखीकरणमा महाशाखा प्रमुख विमला कोइरालाले, विगत वर्षहरूका करका दर, ती दरहरूका शीर्षकहरूमा गरिएको संशोधन तथा वार्षिक लक्ष्यका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
Read full story at source (ratopati.com)