मञ्च निर्माणले वर्षौंको समस्याबाट मुक्त : खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्न सहज
onlinekhabar.com · Wed Jul 22 03:12:08 GMT 2026

६ साउन, तेह्रथुम। पूर्वी पहाडको ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित राँके मेलामा वर्षौंदेखि खड्किँदै आएको स्थायी सभा मञ्चको अभाव अन्त्य भएको छ । तेह्रथुमको छथर गाउँपालिका–३ पञ्चकन्यास्थित राँके मेला परिसरमा निर्माण गरिएको स्वर्गीय कृष्णबहादुर खजुम स्मृति सभा मञ्च सञ्चालनमा आएपछि खेलकुद, सांस्कृतिक तथा सार्वजनिक कार्यक्रम आयोजना गर्न सहज भएको हो ।
स्वर्गीय कृष्णबहादुर खजुम स्मृति प्रतिष्ठानले ६ लाख ७५ हजार रुपैयाँको लागतमा निर्माण गरेको उक्त मञ्च हाल छथर गाउँपालिका–३ वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । मञ्च हस्तान्तरण कार्यक्रम गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
Read full story at source (onlinekhabar.com)