माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
ratopati.com · Wed Jul 22 03:18:07 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघर मण्डला क्षेत्र डुबानमा परेपछि यसलाई गम्भीरतापूर्वक लिँदै प्राविधिक कारण पहिचान गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।
हालैका वर्षाका क्रममा माइतीघर क्षेत्र जलमग्न हुँदै आएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौँ तथा महानगरपालिकाका सम्बन्धित विभागका अधिकारीलाई घटनाको प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन निर्देशन दिएकी हुन्।
Read full story at source (ratopati.com)