कसरा दरबारः शिकारको महलदेखि संरक्षणको प्रतीक
nepalpress.com · Wed Jul 22 03:38:06 GMT 2026

चितवन । चितवन राष्ट्रिय निकुञ्जको घना वनभित्र, पर्यटकको भीडभाडबाट केही टाढा, एउटा शान्त र ऐतिहासिक भवन उभिएको छ । वरिपरि वन्यजन्तुको बासस्थान, नजिकै राप्ती अनि बीचमा राणाकालको साक्षी बनेर उभिएको यो भवन हो–कसरा दरबार ।
अहिले यो चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय हो । यसको इतिहास केवल आजको प्रशासनिक र वन्यजन्तु अवशेषको संग्राहलय भवनमा सीमित छैन । यो दरबारले राणाशासनको शिकार संस्कृति, ब्रिटिश साम्राज्यसँगको कूटनीतिक सम्बन्ध, नेपालको वन्यजन्तु विनाशको कालखण्ड, संरक्षण आन्दोलनको उदयलाई उजागर गर्दछ ।
Read full story at source (nepalpress.com)