बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
ratopati.com · Wed Jul 22 04:34:07 GMT 2026

काठमाडौँ। अविरल वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि बिपी राजमार्ग र कान्तिलोकपथमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन।
Read full story at source (ratopati.com)