आरसीओडीको समय थपिँदै, ऊर्जामन्त्रीले बोलाए बैठक
corporatenepal.com · Wed Jul 22 04:32:31 GMT 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनाको ‘आरसीओडी’ (निर्धारित व्यावसायिक सञ्चालन मिति) सम्बन्धी विषयमा छलफल गर्न सरोकारवालाको बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो ३ बजे नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा बस्ने तय भएको छ।
बैठकमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकसहित उच्च पदाधिकारी तथा आरसीओडी चरणमा रहेका जलविद्युत् आयोजनाका प्रतिनिधिहरू सहभागी हुनेछन् । प्राधिकरण सञ्चालक समिति सदस्य अंशु शाहीका अनुसार आरसीओडीसँग सम्बन्धित करिब ७० आयोजनामध्ये प्राथमिकताका आधारमा छनोट गरिएका कम्पनीलाई बैठकमा बोलाइएको हो।
Read full story at source (corporatenepal.com)