बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘मानव सहायता कल्याण कोष’ स्थापना
nagariknews.nagariknetwork.com · Wed Jul 22 04:48:09 GMT 2026

नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको स्मृति दिवसको अवसरमा ‘मानव सहायता कल्याण कोष’ स्थापना गर्ने घोषणा गरेको छ।
प्रथम जननिर्वाचित प्रधानमन्त्रीको नामबाट कोष स्थापना गरि घरबारविहीन तथा विस्थापित परिवार, विशेषगरी एकल महिला र विद्यालय जानबाट वञ्चित बालबालिकालाई सहयोग गरिने बताइएको छ। बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले कोष स्थापनाको घोषणा गर्दै पार्टी सदस्यबाट संकलित सदस्यता शुल्कबाट १० लाख रुपैयाँ जम्मा गरिएको जानकारी दिए। उनले आगामी दिनमा कोषको दायरा र रकम दुवै विस्तार गर्दै थप प्रभावकारी बनाइने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)