बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा!
barnanmedia.com · Wed Jul 22 05:26:44 GMT 2026

हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरुले सामूहिक राजनीनामा दिएका हुन् ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ । साथै उक्त राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ ।
Read full story at source (barnanmedia.com)