स्याटेलाइट ब्याण्डविथ खरिदमा २०.६१ करोड घोटाला, अख्तियारमा छानबिन सिफारिस
bishowkhabar.com · Wed Jul 22 05:39:47 GMT 2026

काठमाडौं– नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड ६१ लाख ७३ हजार ४६९ रुपैयाँ बराबरको अनियमितता भएको निष्कर्षसहित सूचना तथा सञ्चार मन्त्रालयले अध्ययन प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।
अध्ययन समितिले सन् २००२–२०२२ बीच भएका खरिद तथा भाडा सम्झौतामा सार्वजनिक खरिद ऐन र नियमावली उल्लंघन, प्रतिस्पर्धाबिनै सम्झौता थप, सेवा सुरु हुनुअघि भुक्तानी, बढी रकम भुक्तानी तथा आवश्यकताभन्दा बढी ब्याण्डविथ खरिद गरिएको उल्लेख गरेको छ ।
Read full story at source (bishowkhabar.com)