आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व संकलन
nepalnews.com · Wed Jul 22 05:43:36 GMT 2026
चितवन। आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा २६ अर्ब ८३ करोड पाँच लाख राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ७४ करोड बढी राजस्व संकलन भएको हो।
कार्यालयले अघिल्लो आवमा २५ अर्ब नौ करोड सात लाख राजस्व संकलन गरेको थियो। गत वर्ष राजस्व बढे पनि लक्ष्य भने पुग्न सकेको छैन। कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार गत वर्ष आन्तरिक राजस्व विभागले ३१ अर्ब पाँच करोड लक्ष्य दिएको थियो।
Read full story at source (nepalnews.com)