‘चरित्रहत्याले मलाई रोक्न सक्दैन’- अश्लील भिडियो विवादपछि ज्ञानेन्द्र शाहीको कडा प्रतिक्रिया
kalakarmi.com · Wed Jul 22 05:42:40 GMT 2026

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध सामाजिक सञ्जालमा असम्बन्धित अश्लील भिडियो जोडेर चरित्रहत्या गर्ने प्रयास भएको आरोप लगाएका छन् । उनले यस्ता गतिविधिले आफूलाई सत्यको पक्षमा बोल्न वा प्रश्न उठाउनबाट रोक्न नसक्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले कुनै पनि व्यक्तिको असम्बन्धित अश्लील भिडियोलाई आफ्नो भन्दै प्रचार गर्नु गम्भीर चरित्रहत्या भएको उल्लेख गरेका छन् । उनले यस्तो कार्य गर्नेहरूलाई आफूलाई पीडितको स्थानमा राखेर सोच्न आग्रह गरेका छन् ।
Read full story at source (kalakarmi.com)