प्रधानमन्त्रीकै ‘बाइपास’ सहेर अर्थमन्त्री पदमा बसिरहनु कति उचित ?
nepalviews.com · Wed Jul 22 06:07:02 GMT 2026

केही दिनयता प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आर्थिक क्षेत्रका संघसंस्थासँग भेटघाट र छलफलमा व्यस्त देखिन्छन् । तर, ती भेटघाट बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थिति भने देखिन्न । बरु, अर्थमन्त्री वाग्लेलाई ‘वाइपास’ गरेर प्रधानमन्त्रीले त्यस्ता बैठकमा अर्थ मन्त्रालयको प्रशासनिक नेतृत्वलाई बोलाउने गरेका छन् ।
असार २४ गते नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको पदाधिकारी समूहसँगको बैठकबाट प्रधानमन्त्रीले यो क्रम सुरु गरेका थिए । साउन ४ गते शेयरबजार सरोकारवालाहरूसँग भेटे । यो भेटमा धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट र अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई बोलाइएको थियो।
Read full story at source (nepalviews.com)