न्युयोर्कका मेयर भन्छन्- ‘नेतान्याहु अमेरिका आए पक्राउ गर्नुपर्छ’
kendrabindu.com · Wed Jul 22 06:21:09 GMT 2026

न्युयोर्क । न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन गर्ने स्वतन्त्र कानुनी अधिकार न्युयोर्क शहरसँग नरहेको स्पष्ट पारेका छन्। उनले त्यसका लागि अमेरिकी सङ्घीय सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा मेयर ममदानीले नेतान्याहु न्युयोर्क आएमा आइसिसीको पक्राउ पुर्जी कार्यान्वयन गर्न सकिने वा नसकिने विषयमा आफ्नो प्रशासनले लागु कानुनका सबै पक्षको समीक्षा गरेको जानकारी दिए । त्यसक्रममा न्युयोर्क सहरसँग उक्त पक्राउ पुर्जी कार्यान्वयन गर्ने स्वतन्त्र कानुनी अधिकार नभएको निष्कर्षमा पुगेको उनले बताए ।
Read full story at source (kendrabindu.com)