रसुवा बाढी : सम्पर्कमा आए कर्णालीका ३१ जना
baahrakhari.com · Thu Aug 27 11:40:40 GMT 2026

सुर्खेत । रसुवामा आएको बाढीका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट त्यहाँ पुगेका २१६ जना सम्पर्कविहीन भएका छन् । उनीहरूमध्ये ३१ जना आफन्तको सम्पर्कमा आएका छन् । १८५ जनाको अवस्था अझै अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरका अनुसार, बिहीबार दिउँसो २ बजेसम्म संकलन गरिएको विवरणमा बाढीपछि कर्णालीका विभिन्न जिल्लाका २१६ जना सम्पर्कमा छैनन् ।
Read full story at source (baahrakhari.com)