भीषण बाढी-पहिरोले सिप्रिङ खोला जलविद्युत ठप्प
kalakarmi.com · Wed Jul 22 06:58:47 GMT 2026

काठमाडौं- सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले प्रवद्र्धन गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ । साउन ५ गते राति ११ बजे आएको भीषण बाढी र पहिरोका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि उत्पादन बन्द भएको हो ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई उपलब्ध गराएको जानकारी अनुसार, बाढी र पहिरोले आयोजनाको हेडवक्र्स (बाँध क्षेत्र) का अधिकांश संरचनाहरूमा ठुलो क्षति पुर्याएको छ । प्रारम्भिक जानकारी अनुसार आयोजनाको भौतिक संरचनामा क्षति पुगेकाले विद्युत उत्पादन तत्कालका लागि पूर्ण रूपमा रोक्नु परेको कम्पनीले जनाएको छ ।
Read full story at source (kalakarmi.com)