नवलपरासीका सीमा नाकामा सुरक्षा चेकजाँच कमजोर, के भन्छन् प्रदेश प्रहरी प्रमुख ?
annapurnapost.com · Wed Jul 22 07:21:05 GMT 2026

परासी : नवलपरासीको नेपाल–भारत सीमा नाकामा सशस्त्र र नेपाल प्रहरीको निगरानी तथा चेकजाँच प्रभावकारी हुन नसकेको देखिएको छ । सुरक्षा निगरानी कमजोर हुँदा सीमा नाकाबाट हुने अवैध सामान तथा लागुऔषध ओसारपसार नियन्त्रणमा चुनौती थपिएको छ । यसको पछिल्लो उदाहरणका रुपमा नेपालबाट भारतर्फ लैजाँदै गरेको ५ किलोग्राम लागुऔषध अफिम पाँच दिनअघि नवलपरासीको भुजहजा नाकास्थित भारतीय लक्ष्मीपुरबाट भारतीय सुरक्षाकर्मीहरुले बरामद गर्नु रहेको छ ।
ठूला परिमाणको अफिम बरामद भएकोबारे नवलपरासीको नेपाल प्रहरी र सशस्त्र प्रहरी अनभिज्ञ देखिनुले सीमा सुरक्षाको व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । अफिम दशगजाबाट करिब तीन सय मिटर भारतीय क्षेत्रमा बिहानै बरामद हुनुले सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानी प्रभावकारी नभएको देखिएको हो । यसले सीमा क्षेत्रमा रहेका दुई सुरक्षा निकायका युनिटमाथि नै प्रश्न उठ्न थालेको छ ।
Read full story at source (annapurnapost.com)