चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
ratopati.com · Wed Jul 22 07:40:03 GMT 2026

चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी कम्तिमा १३ जनाको मृत्यु भएको जनाइएको छ । आँधीका काराण करीव ६० हजार किलो मिटर भन्दा बढी सडकहरू प्रभावित भएको जनाउँदै सरकारी अधिकारीहरूले राहत तथा उद्धार प्रयास मार्फत आधारभूत सेवाहरू पुनस्र्थापना गर्नमा ध्यान केन्द्रित गरेको उल्लेख गरेका छन् ।
गत जुलाई –१५ मा देशको दक्षिणी भागबाट सुरु भएको आँधीले कोकिम्बो र अटाकामाको सामान्यतया सुक्खा क्षेत्रहरूमा प्रहार गरेको जनाइएको छ । चिलीको सेनाप्रेड राष्ट्रिय आपतकालीन सेवाका निर्देशक एलिसिया सेब्रियनले पत्रकारहरुसँगको साक्षातकारमा १३ जनाको मृत्यु भएको पुष्टि गर्दै सात जना बेपत्ता भएको बताए ।
Read full story at source (ratopati.com)