एनसेलको स्वामित्व विवाद : दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चले दियो निर्देशनात्मक आदेश
annapurnapost.com · Wed Jul 22 07:45:48 GMT 2026

काठमाडौं :सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्रीसम्बन्धी विवादमा कानुनबमोजिम नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनात्मक आदेश जारी गरेको छ। यो आदेशसँगै एनसेलको सेयर खरिद बिक्री विवादको अन्तिम टु्ंगो नियामक निकायले गर्नेछ।
न्यायाधीश सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले एनसेलको ८० प्रतिशत शेयर हिस्सा रहेको मलेसियाको आजियाटा ग्रुप र स्पेक्ट्रलाइट युके लिमिटेडबीचको शेयर खरिदबिक्री रद्ध गर्न सांसद अमरेश कुमार सिंहले दायर गरेको रिटमा यस्तो आदेश जारी गरेको हो। सेयर खरिद रोक्न उनले २०८० मंसिर १५ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
Read full story at source (annapurnapost.com)