कर हटाउने प्रधानमन्त्रीको घोषणा सकारात्मक छ तर विधि मिचियो : महामन्त्री पौडेल
onlinekhabar.com · Wed Jul 22 07:50:42 GMT 2026

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको अतिरिक्त कर हटाउने प्रधानमन्त्रीको घोषणा सकारात्मक भए पनि निर्णय प्रक्रियामा विधि मिचिएको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत लिइएको निर्णयले सरकारको नियतमाथि प्रश्न उठाएको उनको टिप्पणी छ।
महामन्त्री पौडेलले कर हटाउने घोषणाले नागरिकलाई राहत मिल्ने विश्वास व्यक्त गरे पनि जनस्तरको विरोधपछि मात्र सरकारले कमजोरी छोप्न खोजेको आरोप लगाए। विधि र प्रक्रिया पूरा नगरी सामाजिक सञ्जालको ‘स्टाटस’बाट मात्र निर्णय सार्वजनिक गरेर सरकारले अर्को कमजोरी दोहोर्याएको उनको भनाइ छ।
Read full story at source (onlinekhabar.com)