९ लाख ठगीको आरोपमा हास्य कलाकार नारद खतिवडा पक्राउ
kalakarmi.com · Wed Jul 22 08:14:45 GMT 2026

काठमाडौं- हास्य कलाकार नारदप्रसाद खतिवडा ठगी आरोपमा पक्राउ परेका छन्। अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई छुटाइदिने र नियन्त्रणमा रहेका राहदानीसमेत झिकाइदिने आश्वासन दिँदै ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले खतिवडासहित तीन जनालाई पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कालिकास्थानस्थित अध्यागमन विभागको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिकलाई छुटाइदिने र विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानीसमेत फिर्ता गराइदिने भन्दै उनीहरूले रकम असुलेका थिए।
Read full story at source (kalakarmi.com)