पहिरोका कारण केदारनाथ पैदल मार्ग अस्थायी रूपमा बन्द
annapurnapost.com · Wed Jul 22 08:12:46 GMT 2026

काठमाडौं : प्रसिद्ध धार्मिक स्थल केदारनाथ धाम जाने पैदल मार्गमा भारी वर्षापछि गएको पहिरोका कारण यात्रा अस्थायी रूपमा स्थगित गरिएको छ।
गौरीकुण्डबाट करिब एक किलोमिटर अगाडि ‘छोडी’ भन्ने स्थानमा बुधबार बिहान ६:०१ बजे पहिरो र ठूला ढुंगा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो। रुद्रप्रयागका जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दन सिंह रजवारका अनुसार श्रद्धालुहरूको सुरक्षालाई ध्यानमा राख्दै उनीहरूलाई विभिन्न सुरक्षित स्थानहरूमा रोकिएको छ।
Read full story at source (annapurnapost.com)