खेल खेल्ने क्रममा बेहोस भएका कर्मचारीको मृत्यु
annapurnapost.com · Sat Aug 06 14:37:00 GMT 2022
नुवाकोट : नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक जनाको खेल खेल्ने क्रममा ज्यान गएको छ। फुटसल खेल्ने क्रममा विद्युत प्राधिकरण चौघडा सवस्टेसनका कर्मचारी कृष्ण राइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
लिखु गाउँपालिका-४ चौघडा घर भएका २९ वर्षीय राई विदुर नगरपालिका-५ पिपलटारमा रहेको फुटसल क्लबमा फुटसल खेल्ने क्रममा बेहास भएपछि उपचारको क्रममा त्रिशूली अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
Read full story at source (annapurnapost.com)