बीपीको बाटोबाट विचलित कांग्रेस
baahrakhari.com · Wed Jul 22 09:29:50 GMT 2026

नेपालले लोकतन्त्र, समाजवाद, राष्ट्रियता र मानवीय स्वतन्त्रताका अद्वितीय चिन्तक बीपी कोइरालालाई विसं २०३९ साल साउन ६ गते गुमाएको थियो । निधन भएको ४४ वर्ष बितिसक्दा पनि उनका विचारको सान्दर्भिकता घटेको छैन । बरु आजको राजनीतिक परिवेशले उनको लोकतान्त्रिक दृष्टि, राजनीतिक नैतिकता र समावेशी सोचको आवश्यकता अझ तीव्र रूपमा महसुस गराइरहेको छ ।
बीपीको राजनीति सत्ता प्राप्तिको साधन नभएर राष्ट्र निर्माणको अभियान थियो । उनले लोकतन्त्रलाई निर्वाचन र सरकार गठनमा सीमित नराखी नागरिकको सम्मान, स्वतन्त्रता, सामाजिक न्याय र समान अवसरसँग जोडे । त्यसैले आज बीपीलाई सम्झनु भनेको श्रद्धाञ्जली अर्पण गर्नु नभएर विचारलाई व्यवहारमा उतार्ने साहस गर्नु हो । अहिले नेपाली कांग्रेस आफ्नै इतिहासको संवेदनशील मोडमा उभिएको देखिन्छ । पार्टीभित्र बढ्दो गुटबन्दी,वैचारिक अस्पष्टता, नेतृत्वप्रतिको अविश्वास र संगठनात्मक कमजोरीले बीपीको स्मृति दिवसलाई औपचारिक कार्यक्रममा सीमित नराखी आत्मसमीक्षाको अवसर बनाउनुपर्ने आवश्यकता झन् बढाएको छ ।
Read full story at source (baahrakhari.com)