समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन
nepalnews.com · Wed Jul 22 09:43:54 GMT 2026

काठमाडौँ। राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन (कानुन)को कार्यान्वयन अवस्थाको अध्ययन सुरु गरेको छ।
समितिद्वारा गठित ‘ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति’ले सङ्घीय विभिन्न ऐन कार्यान्वयन अवस्थाबारे अध्ययन थालेको हो। समितिले त्यसका लागि सांसद अञ्जान शाक्यको संयोजकत्वमा सांसद खम्बहादुर खाती, झक्कुप्रसाद सुवेदी, कृष्णप्रसाद सिटौला, राजेन्द्रलक्ष्मी गैह्रे, रामकुमारी झाँक्री र विष्णुदेवी पुडासैनी सदस्य रहेको उपसमिति गठन गरेको थियो।
Read full story at source (nepalnews.com)