राहुल गान्धीलाई नियन्त्रणमा लिएकोमा विजयको पार्टीले गर्यो भर्त्सना
canadanepal.com · Wed Jul 22 09:56:21 GMT 2026
काठमाडौं - तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजय नेतृत्वको तमिलगा वेत्री कड्गम (टिभीके) पार्टीले लोकसभाका विपक्षी दलका नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको घटनाको विरोध गरेको छ।
टिभीकेले राहुल गान्धीलाई नियन्त्रणमा लिनु र हतकडी लगाएर लैजानु लोकतान्त्रिक अधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको आरोप लगाएको छ। पार्टीले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ, “देशको राजधानीमा लोकतन्त्रलाई दबाउने कार्य अत्यन्त निन्दनीय छ। दिल्लीमा युवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई समर्थन गर्न पुगेका राहुल गान्धीलाई प्रहरीले घिसार्दै नियन्त्रणमा लिनु र हतकडी लगाएर लैजानु लोकतान्त्रिक अधिकारमाथिको सीधा हमला हो। हामी यसको कडा भर्त्सना गर्दछौँ।”
Read full story at source (canadanepal.com)