गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
ratopati.com · Wed Jul 22 10:29:58 GMT 2026

काठमाडौँ । सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य पत्ता लगाउन एक न्यायिक समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा सो समिति गठन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले घटनाको गम्भीरतालाई हेरेर छानबिनका लागि न्यायिक समिति बनाइएको जानकारी दिए ।
Read full story at source (ratopati.com)