यी ३ बैंकका कर्मचारीको खातामा पुग्यो दुई महिनाको तलब बराबर बोनस
kalakarmi.com · Wed Jul 22 10:41:27 GMT 2026

काठमाडौं- सानिमा बैंक, एनएमबि बैंक र सिद्धार्थ बैंकले आफ्ना कर्मचारीलाई गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट दुई महिनाको तलब बराबरको अग्रिम बोनस वितरण गरेका छन् ।
आर्थिक वर्ष समाप्त भएसँगै कर्मचारीलाई बोनस उपलब्ध गराउने परम्पराअनुसार तीनवटै बैंकले साउनको पहिलो सातामै अग्रिम बोनस खातामा जम्मा गरेका हुन् । बैंकिङ स्रोतका अनुसार बोनसको यो रकम कर्मचारीले पाउने कुल बोनसको करिब आधा हिस्सा हो । बाँकी बोनस भने सम्बन्धित बैंकको वार्षिक साधारणसभा (एजीएम) अघि नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण तथा लाभांश वितरणसम्बन्धी आवश्यक स्वीकृति प्राप्त भएपछि वितरण गरिनेछ ।
Read full story at source (kalakarmi.com)