निकोलस मादुरो अदालतमा उपस्थित हुँदै
baahrakhari.com · Wed Jul 22 10:44:17 GMT 2026

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पुनः अदालतमा उपस्थित हुँदै छन् । मंगलबार न्युयोर्कमा आफ्ना वकिलहरूसँग अदालतमा उपस्थित हुन लागेका समाचार संस्था एपीले जनाएको छ । उनलाई सत्ताबाट हटाएर लागुऔषध तस्करीको आरोपमा अमेरिकामा मुद्दा चलाउन ल्याइएको थियो । मादुरोले अमेरिकी सैन्य कारबाही विरुद्ध विरोधलाई निरन्तरता दिने अपेक्षा गरिएको समाचारमा उल्लेख छ ।
६३ वर्षीय मादुरो र उनकी ६९ वर्षीया पत्नी सिलिया फ्लोरेस जनवरीको सुरुआतमा अमेरिकी सेनाले काराकासस्थित उनीहरूको निवासमा मध्यराति गरेको अप्रत्याशित छापामारीपछि पक्राउ परेका थिए । त्यसयता उनीहरू अमेरिकाको ब्रुकलिनस्थित जेलमा थुनामा छन् ।
Read full story at source (baahrakhari.com)