कुमारी र ग्लोबल आईएमई बैंकका कर्मचारीले पाए डेढ महिनाको तलब बराबरको अग्रिम बोनस
clickmandu.com · Wed Jul 22 10:48:59 GMT 2026

काठमाडौं । कुमारी र ग्लोबल आईएमइ बैंकका कर्मचारीले गत आर्थिक वर्षको मुनाफाबाट डेढ महिनाको तलब बराबरको अग्रिम बोनस पाएका छन् । आर्थिक वर्ष सकिएसँगै बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कर्मचारीको लागि बैंकहरुले धमाधम अग्रिम बोनस पठाउन लागेका हुन् ।
सोही क्रममा कुमारी र ग्लोबल आईएमई बैंकले कर्मचारीहरुलाई साउन पहिलो साता डेढ महिनाको तलब बराबरको बोनस पठाएका हुन् । आर्थिक वर्ष सकिएसँगै साउन पहिलो साता नै वाणिज्य बैंकहरुले कर्मचारीलाई धमाधम अग्रिम बोनस पठाउन लागेको हुन्।
Read full story at source (clickmandu.com)